गढवाको एक घरमा बम विस्फोट, एक जना प्रहरीको नियन्त्रणमा

दाङ, २५ मंसीर ।दाङ गढवा स्थित एक घरमा बम बिष्फोट भएको छ ।गढवा गाउँपालिका वडा नंम्वर २ कोठरी स्थित ४३ बर्षीय घनश्याम चौधरीको दुई तले घरमा बुधबार दिउँसो साढे दुई बजे बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घरधनी घरमा नभएको र उनले घरभाडामा दिएको बुझिएको प्रहरीले बताएको छ । उनको घरको माथिल्नो तलामा एक सहकारी संस्थाको कार्यालय भएको प्रहरीले बताएको छ ।

प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा सहकारीको कार्यालय भएको तलाको अर्को कोठामा माछा मार्ने भनि विस्फोटक पदार्थ जिलेटिल ल्याएर घरमा राखेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । घरधनी चौधरीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया