सुकिदह महोत्सवको सम्पुर्ण तयारी पुरा

तुलसीपुर, २५ मंसीर । तुलसीपुर ४ सुकिदहमा भोली (विहिवार)आयोजना हुन लागेको सुकिदह महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।प्रत्येक वर्ष मंसीर पुर्णिमाको दिन लाग्दै आएको सुकिदह मेलालाई यस वर्ष महोत्सवको रुपमा आयोजना गर्न लागीएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । भोली २६ गते हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक समेत रहेका वडा अध्यक्ष रानाले बताएका छन् ।
प्रचारप्रसार, स्वागत गेट निर्माण, अतिथि आमन्त्रण, मन्च व्यवस्थापन लगाएका तयारी पुरा भएको उनले बताएका छन् ।सुकिदह मेलाको ऐतिहासीक महत्व भएकाले परम्परागत रुपमा सन्चालन हुदै आएको मेलालाई यस पटक स्थानिय सरकारले भव्य रुपमा महोत्सवको आयोजना गरेको उनले बताएका छन् । साथै प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिता पनि गत मंगलवारबाट सुरु भएको छ । वडामा खेलकुदको विकास गर्ने उद्देश्यले वडा अध्यक्ष कपलाई पनि महोत्सव संगै जोडेर खेलकुदको आयोजना गरिएको उनले बताएका छन् ।
न्याउली र गुरु जजुर फाईनलमा प्रवेश
यसैविच भलिवल प्रतियोगितामा न्याउली सामुदायिक बन समुह र गुरु जजुर माध्यामिक विद्यालय फाईनलमा पुगेको रेफ्रि रेवन्त रानाले बताएका छन् । ती दुई समुह विच विहिवार आज विहिवार फाईनल खेल हुने उनले जानकारी दिएका छन् ।वडा अन्र्तगत रहेका ९ वटा सामुदायिक बन समुह र दुई वडा माध्यामिक विद्यालय गरी जम्मा ११ टिम विच क्वाटरफाईनल र सेमिफाईनलको खेल भएको हो ।
उनका अनुसार मंगलवार र बुधवार गरी दुई दिन सम्म क्वाटरफाईनल र सेमिफाईनलको खेल भएको हो ।न्याउली सामुदायिक बन समुहले विरेन्द्र सामुदायिक बन समुहलाई २५—१३ र २५—१७ गरी सोझो सेटमा पराजित गरेको हो ।
यस्तैगरी सेमिफाईनल खेलमा गुरु जजुर माध्यामिक विद्यालयले गादी बराह सामुदायिक बन समुहलाई २५—१६, २५—२० र २५—१९ सेटमा पराजित गरेको हो । यस्तै क्वाटरफाईनल खेलमा गादीबराह सामुदायिक बन समुहले सुकिदह सामुदायिक बन समुहलाई २५—१९ र २५—२२ गरी सोझो दुई सेटमा पराजित गरेको हो । विजयी हुने समुहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।
यसैविच वडा अध्यक्ष र सुकिदह महोत्सवको अवसरमा खाद्रे निवासी स्वर्गिय यम बहादुर रानाको स्मृतिमा वडा स्तरिय खुला बक्सिङ प्रतियोगिता विहिवार हुने भएको छ । स्वर्गिय रानाका छोरा बिशाल रानाको सहयोगमा बक्सिङ प्रतियोगिता हुन लागेको बक्सिङ खेल संयोजक गगन रानाले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया