
कञ्चनपुर, २५ मंसीर । महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको मुत्यु भएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् । मुत्यु हुनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट र्घाते भएका छन् ।घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार