राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आगामी पौष ४ गते आह्वान

काठमाडौ, २५ मंसीर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस चार गतेका लागि आह्वान गरेकी छिन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन आगामी पुस चार गते दिउँसो चार बजेका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यसअघि असोज दुईगते संसदको बजेट अधिवेशन सकिएको थियो ।विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नेछ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया