१६ दिने अभियान वडा ४ र ९ मा

तिर्थराज ज्ञवाली
मंसीर २४, मसुरीया (देउखुरी दाङ)/ राप्ती गाउँपालिकामा चलिरहेको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत वडा नं ४ र ९ कार्यालयको आयोजनामा सरोकारवाला हरुलाई एकै ठाँउमा राखेर अभियान लाई निरन्तरता दिएको  छ । वडा नं ४ र ९ का जिम्मेवार मानिएका नागरिकहरुलाई छलफल, बहस र ¥यालीको माध्यमबाट सचेत बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

वडा अध्यक्षहरु विष्णु बहादुर जिसी र  रिम बहादुर  सुनारी मगरको  अध्यक्षता, टोल विकास संस्थाका अध्यक्ष बुद्धि प्रकाश चौधरी र विद्यालयका प्रधानाध्यापक प्रकाश  शर्माको प्रमुख आथित्यतामा भएको दुई स्थानको कार्यक्रममा टोलविकास संस्था, नागरिक समाज, महिला संजाल, विद्यार्थी, प्रहरी, निगरानि समुह, सहकारी, वन, विद्यालयहरुको सहभागीता रहेको थियो ।

लैङ्गिक हिंसाका प्रकार अवस्था, रोकथामका उपाय, कानुनमा उल्लेखीत लैङ्गिक हिंसाका सजाय लगायतका बारेमा जानकारी दिईएको वडाहरुको कार्यक्रममा  टोलविकास संस्थाका बद्धिप्रकाश चौधरी, तुलसा गीरी, प्रेम बहादुर केसी, हुकुम बस्नेत, कुसुम चौधरी, पष्पा बन्जाडे, पोमलाल गीरी, गौरीमाया घर्ति, सुनिता बस्नेत, प्रकाश  शर्मा , शेर बहादुर हमाल, मान बहादुर जिसी लगायतकाहरुले लैङ्गिक हिंसा रोकथाम तथा न्युनिकरणका बारेमा आफ्ना भोगाई तथा  अवस्थका वारेमा  बोल्नु भएको थियो  ।

वडा नं ४ र ९मा आयोजित कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम तथा न्युनिकरणका बारेमा पर्चा पप्पलेट, नारा सहितको ¥याली, मन्तब्यको कार्यक्रमको आयोजना गरिएको थियो ।  कार्यक्रममा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएपनि यस क्षेत्रमा हरेक दिन लैङ्गिक हिंसा विरुद्ध सबै लाग्ने प्रतिवद्धता समेत गरिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया