कानुन कार्यान्वयन भए हिंसा कम हुन्छ

मिना खड्का
बनेको कानुन व्यवहारमा लागु नभएसम्म महिला हिंसाका घटनामा कमि नआउने एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् ।
तुलसीपुरमा सम्पन्न ७१औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिङ्क हिंसा विरुद्ध १६ दिने अभियानको समिक्षा कार्यक्रमका सहभागीले कानुन कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना र विभिन्न सरोकारवाला संघ संस्थाको समन्वयमा समिक्षात्मक कार्यक्रम भएको थियो ।
उनिहरुले मानव अधिकार, लैंगिक हिंसा लगायतका गतिविधिमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने समेत बताए ।  तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख सूर्य बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत आन्नद सारु, वडा नं.६ का वडाध्यक्ष नवराज लामिछाने, १ का वडाध्यक्ष लक्ष्मण भण्डारी, मानव अधिकार संञ्जाल दाङकी पुुर्व अध्यक्ष शुष्मा गिरी, न्यायिक समिति सदस्य जानका रेग्मी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ, ओरेक नेपाल दाङकी कार्यक्रम संयोजक दिपा धिताल, मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशव मज्गैया लगाएतले आ–आफना धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया