हेमप्रकाश वली विरुद्ध करणी उद्योगमा मुद्दा दर्ता

तुलसीपुर, २४ मंसिर 

तुलसीपुर उपहानगरपालिका – ६ रजौरा निवासी ३० बर्षका  हेम प्रकाश वली विरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । दंगीशरण गाउँपालिका बस्ने एक युवतिलाई जवरजस्ती करणीको प्रयास गरेको भन्दै वली विरुद्ध सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दर्ता भएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिए । प्रहरीका अनुसार वलीले आइतबार (२२ गते) ती युवतिलाई करणीको प्रयास गरेका थिए । मुद्दा दर्ता भए लगत्तै वलीको खोजी कार्य तिब्र पारेको निमित्त प्रहरी प्रमुख डम्बरपालले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया