पैसालिएर होइनविक्रीगर्ने बस्तु लिएर बजार जाऔं : सासदअधिकारी

राजेन्द्र न्यौपाने
गोरखा, २४ मंसीर । गोरखानिर्वाचन क्षेत्र नं. १ का साँसद हरीराजअधिकारीले गाउँबाट पैसा लिएर बजार झर्ने र बजारका बस्तु लिएर गाउँफर्कने चलनको अन्त्यगर्नुपर्ने बताएका छन् ।
सानाकिसान कृषि सहकारी संस्था लि मनकामनाको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनलाई सोमबार मनकामनामा सम्बोधनगर्दै उनले भने , “गाउँमा बसेर ऋण खोजेर पैसा लिएर बजार जाने र समानलिएर गाउँफर्कने गर्नुहुँदैन, बजार जाँदागाउँमाउत्पादनभएको बस्तु लिएर जानुपर्छ र उक्त वस्तु विक्री गरेर नगदलिएर गाउँफर्कनुपर्दछ । त्यसो भयो भने मात्रगाउँको विकास हुन्छ । आफूसँग पैसा सकिएपछि ऋण खोजेर मानिसहरु व्यवसायगर्न अघिसर्छन, व्यवसायमाक्षमतापनिभएको हुँदैन घाटा परेपछि झनै अर्को तनावमा पर्दछन् । यस कारण आफूसँग केहीपुँजीहुँदैमा सीप सिकेर केही ऋण लिएर कामगर्दा कहिल्यै नोक्सानमा पर्नु पदैन । यसबाट सबैको हित हुन्छ । ”
संघीय गणतन्त्र विकास गर्नका लागिल्याइएको बताउँदै स्थानीय स्तरमा जे बस्तुको उत्पादन हुन्छ त्यहीमालगानीगर्न उनले आग्रह गरे । सानो लगानीबाट व्यवसाय सुरु गरी उत्पादनगर्नुपर्छ, आफूसँग भएको सीप र क्षमताबाहेकका क्षेत्रमालगानीगर्नुुहुँदैन, उनले भने ।
सानाकिसान सहकारीले विगत २० वर्ष अघिदेखि जिल्लाको दक्षिणी क्षेत्रमा पुर्याएको सेवा राम्रो रहेको बताए । यस सहकारी मार्फत कृषि पेशागर्ने किसानहरुकालागि टेवापुगेको मैले महसुस गरेको छु । सहकारीकाअध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामाकार्यक्रम सम्पन्नभएको थियो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया