सुकिदह महोत्सवको प्रचारप्रसार तिव्र

तुलसीपुर, २३ मंसीर । तुलसीपुर ४ सुकिदहमा आयोजना हुन लागेको महोत्सव तथा वडा अध्यक्ष कपको प्रचारप्रसार तिव्र पारिएको छ । मंगलवार देखी सुरु हुने वडा अध्यक्ष कप प्रतियोगिता र यहि मंसीर २६ गते हुने महोत्सवको प्रचारप्रसारलाई तिव्र पारिएको प्रचारप्रसार समितिका संयोजक बसन्त पौडेलले जनाकारी दिएका छन् । उनका अनुसार आईतवार र सोमवार गरी दुई दिन सम्म वडामा माईकिङ तथा प्रचापम्प्लेटहरु वितरण गरिएको हो ।
वडाका रक्षाचौर, गहतेरा, घोरानेटी, खाद्रे , बनहरी, सुकिदह, बायखोला, हलवार, लामीदमार लगाएत दर्जनौ गाउँ र बस्तीमा पुगेर माईकिङ र प्रचापम्प्लेटहरु वितरण गरिएको हो । यस्तै सन्चार माध्यम मार्फत पनि प्रचारप्रसार भईरहेको उनले जानकारी दिएका छन् । प्रत्येक वर्ष मंसीर पुर्णिमाका दिन लाग्दै आएको मेला यस वर्ष भने वडा कार्यालयको आयोजनामा बृहत महोत्सव सन्चालन हुन लागेको छ । परम्परागत रुपमा सन्चालन हुने आएको मेलालाई वडा कार्यालय भव्य रुपमा आयोजना गर्न लागेको वडा अध्यक्ष बालकृष्ण रानाले बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया