
बसन्त परियार,तुलसीपुर २३ मंसीर ।
पाँच नम्बर प्रदेश सभा सदस्य बिमला कुमारी वलीले निर्माणाधिन दामोदर सडकको अनुगमन गरेकि छिन । प्रदेश सरकारको पाँच करोडको सहयोगमा निर्माण भैरहेको सडकको काम बारे जानकारी लिदै साँसद वलीले अनुगमन गरेकि हुन । अहीले वडा नम्बर ११ को वडा कार्यालय सम्म पक्की नाला सहित कालोपत्रेको काम भैरहेको छ । सो अवसरमा बोल्दै साँसद वलीले सडक निर्माणमा गुणस्तरीतामा ध्यान दिनुपर्नेमा जोड दिएकि थिईन ।
स्व.उत्तर कुमार वलीकै पहलमा ग्वारखोला देखि कोरवाङ सम्म सडक कालोपत्रे गर्न पहिलो चरणमा पाँच करोड र यस बर्ष दश करोड बजेट विनियोनजन भएको उल्लेख गरेकि थिईन । यसरी नै सडक कालोपत्रेको काम छिट्टै नै पुरा हुने र पश्चिमका जनताको चाहाना पुरा हुने उनले बताएकि थिईन । साँसद वलीले विकासका लागि आफुले गर्नुपर्ने काममा कन्जस्याई नगर्ने बताएकि थिईन ।
तिव्र विकास जनताको चाहाना भएको ह्ुदा आएको बजेट सदुपयोग भए नभएको बारे खवरदारी गर्दै विकासमा हातोमालो गर्न स्थानियलाई आग्रह गरेकि थिईन । अनुगमनका क्रममा तुलसीपुर उपमहानरका कार्यवाहक मेयर सुर्य बहादुर डाँगी,नेकपाका नेता हुकुम बहादुर बस्नेत, नेकपा तुलसीपुर ११ कमिटिका अध्यक्ष लोकजङ्ग शाह,तुलसीपुर उपमहानरपालीका नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावत लगायतको सहभागिता रहेको थियो ।
विद्यालयको स्वागत
यस्तै साँसद वलीलाई अमर माध्यमिक विद्यालयले बधाई दिदै स्वागत गरेको छ । नव निर्वाचित सांसद वलीलाई विद्यालयमै एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर केसीको अध्यक्षता तथा प्रदेश साँसद वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । वालवालिकाको भविष्य बनाउने थलो विद्यालय भएको हुदा गुणस्तरीय शिक्षाको लागि सबै जिम्मेवार हुनुपर्ने बताएकि थिईन । अर्को प्रसङ्गमा बोल्दै साँसद वलीले विद्यालयको भौतिक पुर्वाधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य केदार प्रसाद आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले गरेका थिए । त्यसैगरी तुलसीपुर ११ जसपुरमा रहेको चन्द्रोदय विद्या कुञ्ज बोर्डिङ स्कुलले पनि स्वागत गरेको छ । विद्यालमा कार्यक्रमको आयोजना गरि बोर्डिङ स्कुलले बधाई दिदै स्वागत गरेको हो । सञ्चलक समिति अध्यक्ष वलदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सीपल द्रोण बहादुर बस्नेतले बोर्डिङ स्कुलको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण भाईस प्रिन्सीपल हरी प्रसाद वलीले गरेका थिए ।