
कपिलवस्तु,२३ मंसिर
विद्युतको पोलमा कार ठोक्किदा कपिलवस्तुमा ग्लोबल आइएमई बैंकका प्रमुखको मृत्यु भएको छ । सोमबार विहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका २८ वर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो । तीव्र गतिको कार सडकको छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार