बलात्कारबाट तुलसीपुरमा महिला गर्भवति

 

तुलसीपुर, २३ मंसिर

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पिडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परिक्षण गराउदा पेट भित्र सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पिडित पक्षले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरी समेत दिएका छन् । २६ बर्षकी ति महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।

‘ करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पिडित पक्षले जाहेरी दिएका छन् ,’ निमित्त प्रहरी प्रमुख पालले भने–‘ पछि पहिचान भएमा किटानी जाहेरी दिने गरी निवेदन परेको छ ।’ पिडितको स्वास्थ्य परिक्षण गरेको बताउदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया