
तुलसीपुर, २३ मंसीर । दाङका १० वटा स्थानिय तहका ३५ वटा भ्रष्टाचार सम्वन्धि उजुरी अख्तियार कार्यालयमा पुगेको छ । गत आर्थिक वर्षमा जिल्लाका दश वटै पालिका विरुद्ध ३५ वटा भ्रष्टाचार उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा परेको कार्यालयले जनाएको छ । जसमा सवै भन्दा भेरै पश्चिम दाङको शान्तीनगर गाउँपालिका विरुद्ध उजुरी परेको छ । कार्यालयले दिएका जानकारी अनुसार उक्त गाउँपालिकाले भ्रष्टाचार गरेको भनदै सात वटा उजुरी अख्तियारमा परेको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका विरुद्ध छ , लमही नगरपालिकाको पाँच, बबई गाउँपालिकाको पाँच, घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिका विरुद्ध चार÷चार वटा उजुरी परेको कार्यालयले बताएके छ । यस्तै दंगीशरण, बंगलाचुली,राप्ती र गढवा गाउँपालिका विरुद्ध एक÷एक वटा भ्रष्टाचार गरेको भनदै उजुरी परेको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् । ती उजुरी माथी आबश्यक छानविन भईरहेको आयोगले जनाएको छ । आजको गणतन्त्र दैनिकमा छापिएको छ ।