जनता आवास कार्यक्रम : दाङमा दश वर्षको अवधीमा चौध सय घर निर्माण

तुलसीपुर, २३ मंसीर । सरकारले थालेको जनता आवास कार्यक्रम अन्र्तगत दाङमा दश वर्षको अवधीमा एक हजार चार सय बिस घर निर्माण भएका छन् । विगतमा थोरै संख्यामा जनताका घर निर्माण भएपनि पछिल्नो समयमा जिल्लाका विभिन्न स्थानमा धेरै संख्यामा घर निर्माण भएका छन् । शहरी विकास तथा भवन निर्माण कार्यालय दाङका जनता आवास कार्यक्रम अधिकृत सेर बहादुर केसीका अनुसार जिल्लामा आर्थिक वर्ष २०६७÷६८ बाट सुरु भई हाल सम्म आईपुग्दा जिल्लामा उक्त संख्यामा घर निर्माण भएका छन् । सरकारले जनता आवास कार्यक्रम अन्र्तगत विपन्न, दलित, कुसुण्डा र वादी समुदायका घरहरु निर्माण गदै आएको छ । कार्यलयले दिएको तथ्याङक अनुसार हाल सम्म कुसुण्डा समुदायका ९, गन्धर्व समुदायका ७०, बादी समुदायका ६९ र दलित समुदायका एक हजार १९ वटा घर निर्माण भएका छन् । आजको राप्ती समाचार दैनिकमा रिता लामाले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया