महिला हिंसा अन्त्यका लागि सबैको भुमिका आवश्यक

तुलसीपुर, २२ मंसिर
तुलसीपुर । महिला हिंसाका घटनाहरु अझै पनि खुलेर आउन नसकेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । गोपनियताका कारणले गर्दा पनि धेरै हिंसापिडित महिलाहरु खुल्न नसकेको उनीहरुको भनाई थियो । वाध्यात्मक अवस्थाका कारण महिला हिंसाका घटना लुकाउन वाध्य भएको पनि उनीहरुले वताएका थिए ।

महिला हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वोल्दै महिला हिंसाका घटना पहिलो भन्दा केही कम हुँदै गएको वताइएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले हिंसामा परेका महिलाहरुलाई उद्दार गर्न सके हिंसा न्युनीकरण हुने वताए । उनले मदिराका पनि महिला ंिहंसाको एक कारण भएको वताएका थिए ।

वालविवाहले समेत समाजमा हिंसा वढाएको उनको भनाई थियो । महिला हिंसा अन्त्यका लागि महिला सशक्तिकरण आवश्यक रहेको पनि प्रवक्ता डाँगीले वताए ।  न्यायिक समिति सदस्य जानका रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा दलित महिला अधिकार मञ्चकी अध्यक्ष युवा करारा, अपाङ्ग सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कानुनी मामिला शाखा अधिकृत रामकुमारी मरासिनीले कार्यक्रमका वारेमा जानकारी गराएकी थिइन् । न्यायिक समिति सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सुशिला शाहले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया