ईप्रका तुलसीपुरका सई घुस सहित पक्राउ 

तुलसीपुर, २२ मंसिर 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रहरी नायव निरीक्षक घुस सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई  १० हजार घुस सहित  जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए । तीन हजार रुपैयाँ लगेका प्रनानि केसीले उक्त रकम अपुग भएको भन्दै पुनः सात हजार रुपैयाँ लग्ने क्रममा अख्तियारको टोलीले देखेपछि पक्राउ गरेको हो ।

प्रनानि  केसीले उ  सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा  मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले १० हजार रकम घुस लिएका थिए । उनले पिडितसंग २५ हजारदेखि मोलमोलाइ सुरु गरेका थिए । पक्राउ परेका प्रनानि केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ । प्रहरी नायव निरीक्षक केसी ईलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत थिए । दाङमा प्रहरी घुस सहित पक्राउ परेको  यो पहिलाे घटना हो ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया