शान्तिनगर गाउँपालिकाले सार्बजनिक बिदा दिने

 तुलसीपुर,२२ मंसिर 

शान्तिनगर गाउँपालिकाले भोली सार्बजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ पालिकाको १०१ ओं कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो शान्तिनगर गाउँ पालिका वडा नम्बर ४ का वडा सदस्य पुनिराम कामिको ८१ बर्ष को उमेरमा सनिवार दुस्खद निधन भएकाले भोली शान्तिनगर गाउँपालिकाभित्र रहेका सम्पुर्ण कार्यालय हरुमा बिदा दिने निर्णय गरेको जनाइएको छ। साथै बैठक ले वडा सदस्य पुनिराम कामी को निधन प्रती सोक प्रस्ताव समेत पास गरेको छ ।साथै वडा नम्बर ४ ले आज वडाको कामकाज बन्द गरेको छ वडा सदस्य पुनिराम कामिको निधन प्रती दुख ब्यक्त गर्दै आजको कार्यालय को काम बन्द गरिएको वडा अध्यक्ष धन बहादुर के सि ले जनाएका छ्न आजको गाउँ कार्यपालिका को बैठक गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिको अध्यक्षतामा बसेको गाउँ पालिकाका प्रेस संयोजक निराश पाण्डेले जनाएका छ्न।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया