ट्रककाे ठक्कबाट बालिका घाइते भएपछि काेहलपुर तनावग्रस्त , डिएसपी सहित दर्जन प्रहरी घाइते

काेहलपुर, २२ मंसिर

बाँकेको कोहलपुरमा ना २ ख ९४५९ नंम्बरको ट्रकले स्कुले बच्चालाई ठक्कर दिएपछि सो क्षेत्रको माहोल तनावग्रस्त भएको छ ।आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थी प्रकृति चन्दलाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको होे ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले घाइते बालिका चन्दलाई उपचारको लागि काठमाण्डौको बि एण्ड बि अस्पताल पठाउन लागिएको जानकारी दिनुभयो । घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गर्नुको साथै आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस तथा हवाई फायर गरेका छ । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ । सो घटना नियन्त्रणमा लिनको लागि भएका प्रयासमा ईलाका प्रह्री कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही सहित दर्जनबढी घाइते भएका छन् । घटनाबारे थप बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया