
तुलसीपुर,२२ मंसिर
आधारभुत मावि खौसापुरकी जमुना केसीले गणित विषय अध्यापन गराउँछिन् । विद्यार्थीले सबैभन्दा जटिल मान्ने भएकाले पनि उनलाई अन्य शिक्षक भन्दा वढि दवाव महसुस हुन्छ । आशातित नतिजा नआउने भएकाले अभिभावकले पनि उनलाई वढि चासो दिइरहन्छन् । “गणित विषयमा विद्यार्थीहरुलाई अवधारणा वुझाउन निकै गाह्रो थियो ” तुलसीपुरको एक तालिम केन्द्रमा भेटिएकी उनले भनिन् । वास्तवमा शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा विद्यार्थीलाई ग्रहण गर्न सजिलो हुँदोरहेछ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले विद्यार्थीहरुलाई प्रयोगात्मक ढँगले विद्यार्थीमा गणितको अवधारणा कसरी वसाउन सकिन्छ भन्ने वारेमा तालिमको आयोजना गरेको छ । उपमहानगरपालिका भित्रका ५ वटा विद्यालयलाई नमुनाका रुपमा लिएर यसरी तालिम दिइएको हो । टिचफर नेपालको सहयोगमा भएको तालिममा शिक्षकहरुलाई विभिन्न स्थानीय वस्तुबाट गणितका शैक्षिक सामग्री समेत वनाउन सिकाइएको छ । “कक्षामा पहिले मार्कर मात्रै लिएर जान्थ्यौ अव शैक्षिक सामग्री पनि लिएर जानेछौ” मावि दोघरेकी रिता शर्माले वताइन् । उनले विद्यार्थीहरुलाई नै परिचालन गरेर शैक्षिक सामग्री निर्माण गरिने समेत वताइन् ।
विद्यालय र घर वरपर पाइने वस्तुबाट शैक्षिक सामग्री कसरी वनाउने भन्ने वारेमा २ दिनसम्म ५ विद्यालयका २५ शिक्षकहरुलाई सिकाइएको सहजकर्ता रतन देवकोटाले वताए । उनले वालवालिकालाई सामान्य तरिकाले सिकाउने मात्रै भन्दा पनि त्यसको अवधारणा समेत वसाल्नका लागि शैक्षिक सामग्रीले विशेष भुमिका वहन गर्ने कुरामा जोड दिए । “चित्र वनाएर हुन्छ याँ सामग्री प्रयोग गरेर हुन्छ जसरी भएपनि गणितलाई रोचक वनाउन सकिन्छ” देवकोटाले भने ।
मावि कालाखोलाका शिक्षक यज्ञ रिजाल कक्षामा लेखेर र वोलेर मात्रै भन्दा पनि कक्षाभन्दा वाहिर लगेर गणितको अवधारणा वसाउन सकिने वताए । “विद्यार्थीलाई काठका छेस्काबाट विभिन्न आकार वनाउन लगायो भने त्यसरी पढेको वढि ग्रहण गर्छन् ” उनले भने । ढुँगाहरु संकलन गरेर त्यसैका आधारमा जोड, घटाउँ, गुणान भाग सिकाउँदा विद्यार्थीहरुले सहजै वुझ्ने पनि उनको भनाई थियो । कक्षाकोठामा मात्रै अध्यापन गराउँदा विद्यार्थीहरुले खासै रुचि नलिने गरेको वताउँदै शिक्षक रिजालले कक्षा कोठाभन्दा वाहिरबाट विद्यार्थीहरुलाई प्रभावकारी ढँगले सिकाउन सकिने वताए।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विकले विद्यार्थीहरुलाई निस्क्रिय पारेर प्रभावकारी शिक्षण प्रभावकारी नहुने वताए । “विद्यार्थी र शिक्षक सँगसँगै जाने हो भने मात्रे विद्यार्थीले विषयवस्तुलाई ग्रहण गर्न सक्छ” संयोजक विकले वताए । शिक्षकले आफुलाई र समाजलाई वदल्न सक्यो भने मात्रै शिक्षाको अर्थ हुने उनको भनाई थियो ।