एम्बुलेन्स चालक सुनारको पनि मृत्यु

तुलसीपुर, २१ मंसिर 

गम्भिर घाईते  एम्बुलेन्स चालक सल्यानको छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनारकाे मृत्यु भएकाे छ । याे संगै दुर्घनामा मृत्यु हुनेकाे संख्या दुइ पुगेकाे छ ।  छत्रेश्वरी गाउँपालिका सल्यानको रा१ज १६१ नम्बरको एम्बुलेन्स र विपरितदिशाबाट गइरहेको ना८ज ५४३२ नम्बरको ट्रक बाँकेको जिरो प्वाइन्ट  नजिकै अाज दिउसाे एक आपसमा ठोक्किदा चालक सुनार र मृतक  शिशुका वुवाआमा दंगीशरणा गाउँपालिका ५ खलुवाचिस निवासी तिलकराम खड्का र मालति खड्का  गम्भिर घाइते भएका थिए । चालक सुनारको उपचार गर्ने क्रममा कोहलपुर मेडिकलकलेजमा परान्ह मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

१८ गते १० दिनकाे शिशु लिएर उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया