रिषिराजको नाम गिनिज बुकमा लेखाउने प्रयास जारी

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २१ मंसीर ।
मानव भएर जन्म पश्चात हरेक व्यक्ति संग कुनै कुनै कला र प्रतिभा हुने गर्दछ ।त्यसमा पनि अधिकांस व्यक्तिसंग नाँच्ने, गाउले,बोल्ने र हसाँउने जस्ता कलाहरु भएको पाईन्छ ।तर दाङ तुलसीपुर ३ रानागाउँ निवासी रिषिराज परियार संग भने फरक कला र प्रतिभा रहेको छ ।
उनी दुई हातले टेकेर झन्डै दुई किलोमिटर दुरी सहजै पार गर्छन् । उनको यो कलाले धेरैलाई चकित पारेको छ । उनी दुई हातले जमिन टेकेर खुट्टा माथी बनाएर एक घण्टा निरन्तर हिड्न सक्छन् । सानै उमेर देखी शारीरीक व्यायाम गर्ने क्रममा उनले हातले टेकेर हिड्ने अभ्यास गर्न थाले । त्यसपछि सिक्दै जाँदा उनले अहिले दुई किलोमिटर दुरी पार गर्न सक्ने भएका छन् ।
सानै उमेर देखी हातले टेकेर हिड्ने रुचि राखेका उनले आफनो नाम गिनिज बुकमा लेखाउने लक्ष्य रहेको बताएका छन् । आफु संग फरक कला र क्षमता भएको बताउदै उनले विगत तिन वर्ष देखी गिनिज बुकमा नाम लेखाउने प्रक्रिया थालेको बताएका छन् । आफनो कला र क्षमतालाई सार्वजनिक रुपमै प्रर्दशन गदै उनले गिनिज बुकमा नाम लेखाएर आफनो गाउँबस्ती र जिल्लाको पहिचान दिने बताएका छन् । उनले आफु संग हात टक्ने मात्र नभई अन्य क्षमता र कला भएको समेत बताएका छन् ।जसरी भएपनि गिनिज बुकमा नाम लेखाउने र आफनो पहिचान देश विदेशमा दिने उद्देश्य राखेको बताउदै उनले आर्थिक समस्याले पनि केहि चुनौती थपिएको बताएका छन् । आफनो उद्देश्य भनेकै गिनिज बुकमा नाम लेखाउने भन्दै त्यसैको लागी निरन्तर प्रयास गरिरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया