वुवा र आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

दाङ, २१ मंसीर । रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको हत्या गरेको आरोपमा उनका कान्छा छोरा गोरख यादव पक्राउ परेका छन् । उनी बाबुआमासँगै बस्दै आएको बुझिएको छ । बृद्ध दम्पतीका पाँच भाई मध्ये कान्छा २८ वर्षीय गोरखले शुक्रबार अपरान्ह बाबुआमा दुवैलाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताएका छन् । गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बाबुको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ, भैरहवा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।गोरखको आक्रमणमा परेर उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भएको र उनको युसीएमएस भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया