लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २१ मंसीर । दाङको भगौलिक हिसावले विकट क्षेत्र मानिने बंगलाचुली गाउँपालिकामा अझै वडा सचिव पुगेका छैनन् ।गाउँपालिकाको आठ वटै वडामा अहिले सम्म वडा सचिव विहिन बनेको गाउँपालिकाले बताएको छ । साविक काभ्रे,स्युजा, लुहारपानी र हाँसीपुर गरी चार वटा गाविस मर्ज भएर बनेको गाउँपालिकामा वडा सचिव नहुदा अहिले अन्य कर्मचारीले वडा सचिवको भुमिका निर्वाह गरेको गाउँपालिका कार्यालयले बताएको छ । संघिय संरचना अनुसार स्थानिय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष वितिसक्दा पनि गाउपालिकाले वडा सचिव पाउन सकेको छैन ।
विगतमा साविक चार गाविसका सचिवहरुले आठ वटा वडा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएपनि कर्मचारी समायोजन कारण अहिले उनीहरुको पनि अनेत्र सरुवा भएको छ ।त्यस पछि गाउँपालिका अहिले वडा सचिव विहिन बनेको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले जानकारी दिएका छन् । उनका अनुसार अहिले सहायक प्राविधिक , सहायक कम्प्युटर अपरेटर र कर्मचारीले वडा सचिवको काम गदै आएका छन् । गाउँपालिकाको वडा नम्वर १ र २ मा महिला शाखा संयोजक पार्वती रानाले सयुक्त वडा सचिवको काम गदै आएकी छिन् ।
यस्तै वडा नम्वर ३ र ४ मा सहायक कम्प्युटर अपरेटर अनु महराले सयुक्त वडा सचिवको भुमिका निर्वाह गरेका छन् ।
प्रेस संयोजक नेपालीले दिएको जानकारी अनुसार वडा नम्वर ५ र ६ मा खानेपानी प्राविधिक सहायक भरत डाँगी र वडा नम्वर ७ र ८ मा पशु शाखा कार्यालयका कर्मचारी माधव भट्टराईले सयुक्त वडा सचिवको काम गदै आएका छन् ।वडामा सचिव नहुदा प्रशासन सेवा सम्वन्धी काम गर्न केहि समस्या भएको वडा नम्वर ३ का वडा अध्यक्ष सोभाराज विश्वकर्माले बताएका छन् । वडा सचिव नभएको अवस्थामा अन्य कर्मचारीले सचिवको भुमिका निर्वाह गरेपनि प्रशासन सेवा सम्वन्धि जानकार नहुदा सेवाग्राहीलाई समस्या भएको उनको भनाई छ ।
प्रशासन सेवाका काम गरेका वडा सचिव हुनुहुन्न उनले भने अन्य क्षेत्रमा काम गरेका कर्मचारीलाई प्रशासन सम्वन्धी सम्पुर्ण कुरा थाहा नहुदा सेवा प्रवाहमा समस्या भएको छ । वडा अध्यक्ष विश्वकर्माले सेवा प्रवाहको कुनै विषयमा समस्या भएमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सहयोग लिएर काम गरे पनि वडाबाटै हुने कतिपय कामको लागी वडाबासी गाउँपालिका जानुपर्ने बाध्यता रहेको बताएका छन् ।
यता गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीले वडा सचिवका लागी आफुहरु बारम्बार पहल गरीरहेको बताएका छन् । संघिय सरकारले कर्मचारी नपठाउदा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिईएको अध्यक्ष वलीले बताएका छन् । वडा सचिव नुहदा प्रशासन सेवा प्रवाहमा केहि समस्या आएपनि आफुहरुले निरन्तर सेवा दिदै आएको उनको भनाई छ । वडा सचिवका लागी संघिय सरकार संग समन्वय भईरहेको भन्दै उनले केहि समय लाग्ने बताएका छन् । अहिले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि र पशु शाखा कार्यालयका कर्मचारीहरु रहेको गाउँपालिकाले बताएको छ ।