पश्चिम दाङमा एक जनप्रतिनिधिको निधन

दाङ, २१ मंसीर ।पश्चिम दाङको शान्तीनगर गाउपालिका वडा नम्वर ४ का वडा सदस्य पुनिराम विकको ८० वर्षको उमेरमा निधन भएको छ। वडा नम्वर ४ कजेरी निवासी विकको गए राती आफ्नै निवास निधन भएको हो । उनी २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पुर्व नेकपा एमाले पार्टीबाट सदस्य पदमा निर्वाचित भएका थिए । साथै उनले २०५४ सालमा भएको स्थानीय निर्वाचनमा शान्तीनगर गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला पनि उनले एमालेबाट चुनाव जितेका थिए । उनको विगत लामो समय देखी सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको जानकार बताउँछन् । यसैविच वडा सदस्य पुनिरामको निधन भएको प्रति शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले दुख व्यक्त गरेको प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया