ट्याक्टर संग ठोकिदा दाङमा मोटरसाईकल चालकको मुत्यु

तुलसीपुर, २१ मंसीर। दाङमा मोटरसाईकल दुर्घटना हुदा गम्भिर घाईते भएका मोटरसाईकल चालक घोराही ८ बस्ने १९ बर्षिय रेशम वलीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकलमा सवार घोराही १० बस्ने १८ वर्षिय अमृत चौधरी घाईते भएका छन् भने उनको उपचकारका लागी कोहलपुर जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट नारायणपुर तर्फ जादै गरेको रा २ प ९३५० नम्वरको मोटरसाईकल शुक्रवार साँझ साढे सात बजे घोराही ११ खैराचोक स्थित रोकिराखेको रा १ त १९३८ नम्वरको टेक्टर संग ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया