पदम वैदिकको सिफारिसमा बारको असहमति

काठमाडौ, २० मंसीर ।
नेपाल बार एशोसियसनले न्यायपरिषद् सदस्यलाई नै सर्वोच्च अदालतको न्यायाधीश बनाउन नहुने भन्दै कानूनमन्त्री र न्यापरिषद् सदस्यहरूको ध्यानाकर्षण गराएको छ । बार एशोसियनका पदाधिकारीसहितको टोलीले शुक्रवार न्यायपरिषद् सदस्य समेत रहेका कानून मन्त्री उपेन्द्र यादव र परिषद्मा बारका प्रतिनिधि रामप्रसाद सिटौलालाई भेटेरै ध्यानाकर्षण भएको जनाएको हो । महासचिव लिलामणी पौडेल र कोषाध्यक्ष रुद्र पोखरेलसहितको बारको टोलीले परिषद् सदस्य सिटौलासमक्ष आफूहरूको धारणाविपरित गएमा अर्को कदम चाल्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतको न्यायाधीश हुनेगरी परिषद् सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले वैदिकलाई न्यायाधीश सिफारिस गरे पनि निर्णय भने भएको छैन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया