राष्ट्रिय परिषद सफलपार्न उधोगिकाे सहयाेग

शरद रेग्मी
दाङ,मसिर २०/ यहि मसिर २७ र २८ गते दाङमा हुनलागेको मानव अधिकार तथा शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठक सफल पार्न दाङका उधोगि ब्यबसायिहरु लागिपरेका छन ।उनिहरुले नेपाल भ्रमणबर्ष २०२० को सुरुवातमा देशभरिका मानव अधिकारकर्मिहरु दाङमा आउदा यहाको पर्यटन,धार्मिक तथा सास्कृतिक र ब्यबसायिक रुपमा समेत राम्रो प्रभाब पर्ने हुदा यो कार्यक्रम सफल पार्न लागिपरेको तुलसिपुर उधोग बाणिज्य सङघका निवर्तमान अध्यक्ष बिमल रिजालले जानकारी दिनुभएको छ ।

उहाले भन्नुभयो “यो कार्यक्रम दाङबासिका लागि पनि महत्त्वपूर्ण छ बाहिय र आन्तरिक पर्यटनको केन्द्रका रुपमा एक दुईवटा स्थानको प्रवर्दन गर्न सके पर्यटन बर्षले पनि सफलता दाङबाटै प्राप्त गर्न सक्नेछ । शुक्रबार आतित्थ्यता शाखा दङ र तुलसिपुर उधोग बाणिज्य सघका पदाधिकारी तथा विभिन्न उपसमिति सङगको छलफलमा दाङको तुलसिपुरमा हुन लागेको शान्ति समाजको राष्ट्रिय परिषद बैठक सफल पार्न महत्वपुर्ण सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गरेको हो ।
सो अबसरमा बाणिज्य सङघका निबर्तमान अध्यक्ष बिमल रिजाल,महासचिब रुपबहादुर खत्रि,सल्लाहकार सुरेश हमाल, किराना ब्यबसायि ,खाधान्न उपसमिति,गल्ला ब्यबसायि उपसमितिका प्रमुख तथा बिभिन्न उपसमितिहरु,कपडा उपसमिति र अन्य ब्यबसायीहरुले कार्यक्रम सफल पार्न बिभिन्न सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको थियो ।

कार्यक्रममा देशभरका २५० बढि अधिकारकर्मी र नागरिक अगुवाहरुको सहभागीता रहने जिल्ला सभापति शरद रेग्मीले जानकारी दिनुभएको छ । शान्ति समाजका सस्थापक सभापति प्रखर बक्ता कृष्ण पहाडि २७ गते अघिनै दाङ आउने कार्यक्रम समेत तय गरिएको छ । सो अबसरमा नागरिक अगुवा श्याम श्रेष्ठ ,कबिहरु लगायत वरिष्ठ पत्रकारहरु समेत दाङ आउन लाग्नुभएको छ ।

यता मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कार्यक्रम भब्य रुपमा सफल पार्न सबैसङ्ग सहयोगको अपेक्षा गरेको छ ।
दुई दिन सम्म सञ्चालन हुने मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद बैठकमा पुर्ब मेचीदेखि महाकाली सम्मका अधिकारकर्मी हरु दाङमा आउदै गर्दा घुम्नजाउ तुलसिपुर अभियानलाई समेत महत्त्वपूर्ण सहयोग पुग्ने र यस क्षेत्रको आन्तरिक पर्यटनको प्रवर्दनमा टेवा पुग्ने पर्यटन ब्यबसायिहरुले जनाएका छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया