सेवा सुधार्दै राप्ती प्रादेशिक अस्पताल, विरामीको संख्या तेब्बरले बृद्धि

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २० मंसीर । कुनै समय रेफर सेन्टरका रुपमा परिचित तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले विरामीको संख्या तेब्बरले बृद्धि भएको छ । मुस्किलले दैनिक एक सय देखी डेढ सम्म विरामी आउने गरेको अस्पतालमा अहिले दैनिक तिन सय देखी चार सय सम्म विरामी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले बताएको छ । तर पछिल्नो एक वर्षको अवधीमा अस्पतालबाट उक्त सेवा लिनेको संख्या दिनहुँ तिन गुणा बृद्धि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रताप पोख्रेलले जानकारी दिएका छन् ।अस्पतालबाट अहिले स्त्री रोग, हार्डजोर्नी, दन्तरोग, एनेस्थेसिया , जनरल सर्जन, छालारोग, फिजिसियन विशेषज्ञ सहित मेडिकल अधिकृत गरी २१ जना विशेषज्ञ डाक्टरहरुले सेवा दिदै आएका छन् ।
अस्पतालमा विगत लामो समय देखी बालरोग विशेषज्ञ डाक्टरको भने अभाव रहेको छ । उनका अनुसार अहिले अस्पतालबाट राम्रो सेवा प्रदान भईरहेको हुदा विरामी संख्या बढेको हो । तत्कालिन राप्ती अञ्चल अस्पताल रहेकोमा अहिले प्रदेश ५ सरकार मातहत चल्ने गरी प्रादेशिक अस्पताल बनेकोे छ ।जसले गर्दा पनि जनताको विश्वास बढ्ने गरेको उनको भनाई छ ।
नाम फेरिए संगै पछिल्नो समयमा विरामीको चाप बढेपनि जनशक्ति थप नहुदा सम्पुर्ण सेवा दिन मुस्किल परेको उनले बताएका छन् ।जनशक्ति अभावका बावजुत पनि अहिले अस्पतालबाट ओपिडि सेवा, ईमरजेन्सी सेवा , डाईलासीस सेवा, ल्याव सेवा, भिडियो एक्सरे, ईण्डोर,डेन्टल, पत्थरी,चौविसै घण्टा प्रसुती सेवा, अप्रेसन जस्ता सेवा दिदै आएको डाक्टर पोख्रलले जानकारी दिएका छन् ।यस्तैगरी विभिन्न प्रकृतिका क्षयरोग, दम, दिर्घरोग जस्ता विरामीहरुलाई निशुल्क औषधी उपलब्ध लगाएतका सेवा दिदै आएको उनको भनाई छ ।
यस अघि पश्चिम दाङ,सल्यान,रुकुम र रोल्पा लगाएतका विरामीहरुले अस्पतालमा सेवा लिन आउने गरेका थिए । अहिले पछिल्नो समयमा अस्पतालमा घोराही क्षेत्रबाट सुत्केरी गराउन आउनेको संख्या पनि उत्तिकै बढेको छ ।
अस्पतालमा अझै चार दर्जन जनशक्तिको खाँचो रहेको छ ।अस्पतालमा ३० जना स्टाफ नर्स र १५ जना कार्यालय सहयोगीको आबश्यक परेको डाक्टर पोख्रेलले बताएका छन् । प्रसुती सेवा कक्षमा कर्मचारीको अभाब हुदा सोचे जस्तो सरसफाई हुन सकेको छैन । त्यस्तैगरी अन्य सेवा र कक्षमा सरसफाईको अभाव रहेको छ । डाक्टरले सेवा दिन खोजे पनि सहयोग गर्ने नर्सको अभाव हुदा विरामीलाई उचित सेवा दिन नसकीएको उनको भनाई छ । विरामी धेरै आएपछि विरामीको लागी बेड हुदैन, प्राविधिकहरु बस्नको लागी छुटै कोठा नहुदा समस्या भएको उनले बताएका छन् ।त्यस्तैगरी भवनको समेत अभाव भएको छ ।विरामीको संख्या बढे संगै विरामी बस्ने बेडको समेत अभाब भएको बताईएको छ ।
जनशक्ति भए आधारभुत आईसियु सेवा दिन्छौ
अस्पतालमा आईसियु सेवा नहुदा जटिल प्रकृतिका विरामीलाई सेवा दिन नसकीएको अस्पताल प्रशासनको भनाई छ ।आधारभुत आईसियु सन्चालनको लागी खरिद गरिएको उपकरण जनशक्तिको अभावमा बषौदेखी त्यसै थन्किएको डाक्टर पोख्रेलले बताएका छन् ।उपकरण छ तर प्रयोग गर्दिने कर्मचारी नभएर प्रयोगविहिन बनेको छ उनले भने जनशक्ति भएमा विरामी जिल्ला बाहिर जानु पदैनथ्यो ।आधारभुत आईसियु सन्चालन हुन सकेमा अस्पतालबाटै सर्पदंशको उपचार,विषादी सेवनको उपचार र सबै खाले अप्रेशनको सेवा उपलब्ध हुने उनको भनाई छ ।२४ घण्टा सम्म आईसियुमा राखेपछि धेरै जसो बिरामीको ज्यान बाँच्न सक्ने भएकाले आईसियु र एनआईसियुको अति आबश्यक रहेको उनको भनाई छ ।
जिल्लामै छैन आईसियु सेवा
दाङलाई राजधानी बनाउने चर्चा चलिरहदा जिल्लामा अहिले सम्म एउटा पनि आईसियु छैन ।शिशुका लागी आईसियु सेवा भएपनि अन्य उमेर समुहका मानिसका लागी आईसियु सुविधा नहुदा जिल्लाका विरामी बारिह जान बाध्य भएका छन् ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आबश्यक कर्मचारीका लागी स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका, प्रदेश सरकार र संघिय सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।
पहल गरिदिन माग
तत्कालिन राप्ती अन्चल अस्पताल प्रादेशिक अस्पतालको रुपमा विकास भए पनि सेवाग्राहीले सोचे जस्तो सेवा पाउन नसकेको अस्पताल प्रशासनले बताएको छ ।अस्पताललाई आबश्यक पर्ने कर्मचारी नुहदा समस्या भएकाले स्थानिय तह तुलसीपुर उपमहानगरपालिका, पाँच नम्वर प्रदेश सरकार र संघिय सरकारले यसको लागी पहल गरिदिन अस्पातल प्रशासनले आग्रह गरेको छ ।जनशक्ति अभावले गर्दा कतिपय विरामीले सेवा नलिई फर्कनु परेको हुदा आफुहरुले प्रदेश सरकारलाई जनशक्तिका लागी पत्राचार गरेको अस्पताल प्रशासनले बताएको छ ।
काज र करार डाक्टर मार्फत सेवा
अस्पतालमा डाक्टरको अभाव भएपछि अहिले प्रदेश र संघबाट काज र करारमा डाक्टर खटाएर काम भईरहेको अस्पताल प्रशासनले बताएको छ ।जनशक्ति अभाव भएपछि प्रदेश सरकार र संघिय सरकारले केहि कर्मचारी अस्थायी रुपमा पठाएको बताईएको छ ।यस्तै अस्पतालमा विगत लामो समय देखी बालरोग विशेषज्ञ डाक्टर नहुदा बालबालिकाहरु अनेत्र जान बाध्य भएका छन् । सामान्य प्रकारको बाल सेवा दिए पनि जटिल प्रकृतिको विरामीलाई सेवा दिन नसकीएको अस्पतालको भनाई छ ।
अस्पताललाई थप व्यवस्थित गछौ : प्रमुख पाण्डे
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अस्पतालमा भएको जनशक्ति अभावलाई तत्काल पुरा गर्ने बताएका छन् । प्रदेश सरकार संगको सहकार्यमा अस्पताललाई भौतिक संरचना र उपकरणले पुर्ण बनाएको बताउदै नगरप्रमुख पाण्डेले जनशक्तिको व्यवस्थापनका लागी उपमहानगरको तर्फबाट पनि विशेष पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया