सुकिदहमा महोत्सवको तयारी तिव्र, मेलामा मदिरा विक्रि वितरण निषेध

तुलसीपुर, २० मंसीर ।
तुलसीपुर ४ सुकिदहमा हुने महोत्सवको तयारी तिव्र पारिएको छ । प्रत्येक वर्ष मंसीर पुर्णिमाको दिन लाग्ने मेला यस वर्ष २६ गते परेको छ । परम्परा गत लाग्दै आएको मेलालाई स्थानिय सरकार आईसकेपछि पहिलो यस पटक वडा कार्यालयले भव्य महोत्सवको आयोजना गर्न लागेको छ । सुकिदह मेलाको ऐतिहासीक महत्व भएकाले यस वर्ष महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । सुकिदहको महत्व र विशेषता भएकाले यसलाई संरक्षण र प्रर्वद्धन गर्नका लागी महोत्सव आयोजना गर्न लागीएको अध्यक्ष राणाले बताएका छन् ।
मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष रानाले महोत्सव संगै वडा अध्यक्ष कपको पनि आयोजना गरिएको जानकारी दिएका छन् । त्यसका लागी विभिन्न उपसमिति गठन गरी अहिले तयारी तिव्र रुपमा अगाडी बढाईएको उनले बताएका छन् । फिल्ड व्यवस्थित, प्रचारप्रसार, खेलकुदको तयारी लगाएतका कामहरु भईरहेको उनले जानकारी दिएका छन् । साथै सम्वन्धित उपसमितिले पनि आफनो तयारी गरीरहेको उनको भनाई छ । कार्यक्रममा भलिवल, बक्सिङ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, झाँकी जुलुस प्रर्दशन हुनेछन् । सांस्कृतिक कार्यक्रममा आगन्तुक भन्दा विशेषगरी स्थानिय कला र संस्कृतिलाई प्राथमिकता दिईने आयोजकले बताएको छ । सुकिदहमा वर्षातको समयमा पानीको तलाउ हुने गर्दछ भने हिउँदमा उक्त तलाउ सुक्ने गर्दछ । त्यहा अहिले तलाउ वरपर तारबार गरेर संरक्षण गरिएको छ ।
मेलामा मदिरा विक्रि वितरणमा रोक
मेलामा मदिरा सेवन गरी अनाबश्यक होहल्ला गर्ने, झैझगडा गर्ने र अशान्ती फैलाउने जस्ता गतिविधि हुन सक्ने भन्दै शान्ती सुरक्षालाई मध्येनजर गदै महोत्सवमा मदिरा बेचविखन गर्न रोक लगाईएको वडा अध्यक्ष बालकृष्ण राणाले बताएका छन् ।उनका अनुसार महोत्सव अवधीभर मदिरा निषेध गरिने छ ।विगतका बर्षमा मदिरा विक्रि वितरण भएपनि यस वर्षको मेलामा मदिरा विक्रि वितरणमा रोक लगाईएको छ ।विगतका वर्षमा एक दिन र एक रात मेला लाग्ने गरेपनि यस वर्ष भने शान्ती सुरक्षालाई ध्यानमा राखेर एक दिन मात्र महोत्सवको आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया