स्थानीय सरकारको वडा कार्यालयमा विप्लव नेतृत्व नेकपाको साइनबोर्ड

दार्चुला , २० मंसीर । सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर एकको वडा कार्यालयमा आफ्नो साइनबोर्ड झुण्डाएको छ । विप्लव नेतृत्वको नेकपाले बुधबारराति वडा कार्यालयको साइनबोर्डमा लेकम गाउँपालिका वडा नम्बर एक कार्यालयमा आफ्नो साइनवोर्ड झुण्ड्याएको हो । वडा कार्यालयको साइनबोर्डमा हसियाँ र हतौडाको चिन्ह समेत बनाएको छ । यसअघि पनि लेकम गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले बढी सक्रियता बढाएको स्थानीयले बताएका छन् । केही दिन अघि मात्रै विप्लव नेतृत्व नेकपाका ६ जना विद्यार्थी नेता जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६ जनालाई पक्राउ गरि उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सुरेन्द्र प्रसाद जोशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया