१६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वंयमसेविका दिवस

तुलसीपुर, १९ मंसीर ।
१६ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वंयमसेविका दिवस विहिवार दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन महाशाखाको आयोजनामा गाउँ नगरमा महिला स्वास्थ्य स्वंयम सेविका स्वास्थ्य प्रर्वद्धनमा अहम् भुमिका भन्ने नाराका साथ ¥याली तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम हुन अघि खोप लगाऔ, बालमुत्युदर घटाऔ, शुद्ध पानी सुरक्षित जिन्दगानी जस्ता सचेतनामुलक सन्देश लेखीएको प्ले कार्ड सहित ¥यालीले तुलसीपुर बजार परिक्रमा गरी तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडी पार्क क्याफेमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले महिला स्वास्थ्य स्वंयम सेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान गरेपनि उचित सम्मान नगरेको गुनासो गरेका छन् । समाज परिवर्तनका लागी महिला स्वास्थ्य स्वंयम सेविकाको अहम् भुमिका भएपनि राज्यले सम्मान गर्न नसकेको उनीहरुले बताएका थिए । बषौदेखी स्वंयम सेविकाहरुले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै उनीहरुले राष्ट्रिय स्तरको स्वास्थ्य सम्वन्धिका हरेक कार्यक्रमलाई सफल बनाउनका लागी समेत महत्वपुर्ण योगदान गरेको उनीहरुले चर्चा गरेका थिए ।
राज्यले सन्चालन गरेका गाउँघर क्लिनिक, खोप सेवा, हात्तीपाईले रोग विरुद्धको सचेतना, सरसफाई लगाएतका कार्यक्रमलाई सफल पार्नको लागी उनीहरुको अहम् भुमिका रहेको बक्ताहरुले बताएका थिए ।
तुलसीपुर उपमहानगर स्तरिय महिला स्वास्थ्य स्वंयम सेविका समुहका अध्यक्ष रेखा रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरका कार्यबाहक नगरप्रमुख सुर्य बहादुर डाँगीले महिला स्वास्थ्य स्ंवयम सेविकाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागी उपमहानगरपालिकाले आगामी दिनमा बैठक,छलफल र कार्ययोजना तयार गर्ने बताएका छन् । अहिले पनि वडा स्तरमा महिला स्वास्थ्य स्वंयम सेविकालाई भनेर केहि बजेट विनियोजन गरीएको बताएका थिए । अहिले तिन तहको सरकार भएकाले स्थानिय सरकारबाटै यसको पहल थालीने उनको भनाई थियो ।
सोहि अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य समितिका संयोजक राजु आचार्यले निकट भविस्यमै महिला स्वास्थ्य स्वंयम सेविकाहरुको समस्या सम्वोधन हुने बताएका छन् । स्वंयम सेविकाहरुकै सहयोगले गर्दा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आएको उनको भनाई छ । उनले उपमहानगर भित्र स्वास्थ्यमा धेरै सुधार आएको बताउदै महिला स्वास्थ्य स्वंयम सेविका बिना स्वास्थ्य क्षेत्रमा फड्को मार्न नसकीने बताएका छन् ।यस्तै स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर ओम प्रकाश न्यौपानेले सरकारले स्वास्थ्यकर्मीले मात्रै स्वास्थ्य सम्वन्धी देश विकासका सुचाङकलाई पुरा गर्न नसक्ने महसुस गरेपछि २०४५ साल देखी महिला स्वास्थ्य स्वंयम सेविका कार्यक्रमको अवधारणा ल्याएको बताएका छन् ।स्वास्थ्य मन्त्रालयका कर्मचारी, स्वास्थ्य नितिकार र जनताको विचको पुलको काम उनीहरुले गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया