तुलसीपुर, १९ मंसीर। साढे २ किलो प्रतिवन्धित लागु औषध अफिमसहित सल्यानमा दुई जना व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी २८ बर्षीय झक्कुप्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रशाद शर्मालाई प्रहरीले पक्राउ गरेको हो । अफिमको ओसार पसार र कारोवार गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १५ गते उक्त परिमानमा अफिमसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन ।
राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बाङ्गेलाखुरी बाट दाङतर्फ जाँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी खतिवडाले जानकारी दिए ।पक्राउ परेका मध्य ४५ बर्षीय शर्मा सोही बसका चालक रहेको खुल्न आएको छ । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित आगुऔषध ओसार पसार तथा विक्रि वितरण गर्ने कार्यमा सम्लग्नता रहेको खुल्न आएको डिएसपी खतिवडाले बताए ।पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत सल्यानमा २० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।
लागु औषध अफिम सहित सल्यानमा दुई जना पक्राउ
प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया