पाल्पामा जिप खस्यो, दुई जनाको मृत्यु

दाङ, १९ मंसीर ।
पाल्पाको तिनाउ गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ११ बजे लु १ ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गमा जीप दुर्घटना भएको जनाइएको छ । ज्यान गुमाउनेमा पाल्पाको रैनादेबि गाउँपालिका वडा नम्बर ५ बस्ने जीप चालक २५ वर्षका दिलिप बमे्रल र रैनादेबि गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षका सहचालक कृष्ण कार्कि रहेको प्रहरिले जनाएको छ । प्रहरी टोली र स्थानीयहरू उद्धारमा खटिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया