तुलसीपुरका पुर्व उपप्रमुखको निधन

तुलसीपुर, १९ मंसीर ।साविक तुलसीपुर नगरपालिकाका तत्कालिन उपप्रमुख प्रदिप शाहको ६३ वर्षको उमेरमा विहिवार विहान निधन भएको छ । २०४८ सालको स्थानिय निकायको निर्वाचनमा उनी नेपाली काग्रेसबाट तत्कालिन तुलसीपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ दोघरे निवासी शाह हाल काठमाडौमा बस्दै आएका थिए । २०१३ सालमा सल्यानमा जन्म भएको हो  ।  उनका एक छोरा र दुई छोरी गरी तिन सन्तान रहेका छन् । उनको काठमाडौमै अन्तिम दाहसंस्कार गरिने बताईएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया