बैंक रकम प्रकरण :अध्यक्ष र सदस्य १२/१२ लाख धरौटीमा छुटे

तुलसीपुर, १९ मंसीर । तत्कालिन वैष्र्टन डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैया रकम हिनामिना भएको मुद्धामा उच्च अदालत तुलसीपुरले बैंक सन्चालक समितिका अधयक्ष र सदस्यलाई १२ /१२ लाख रुपैया धरौटीमा छाडेको छ । समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सदस्य अर्जुन बुढाथोकीलाई उच्च अदालतले उक्त रकम धरौटी राखेर छाडेको अदालतका शाखा अधिकृत मान बहादुर विष्टले जानकारी दिएका छन् । यस अघि ६० दिनको अनुसन्धान सकेर प्रहरीले मुद्धा सरकारी वकील कार्यालयमा बुझाएपछि गत कात्तिक ३ गते मुद्धा अदालतमा दायर भएको थियो । उक्त प्रकरणमा पक्राउ परेका १३ जना मध्ये कर्मचारी र खातावाला गरी पाँच जनालाई पुर्पक्षका लागी कारागार चलान, चार जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेका थियो । आजको नयाँ युगबोध दैनिक पत्रिकाले यो समाचार छापेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया