जिप दुर्घटना : मुत्यु हुनेको संख्या १५ पुग्यो

दाङ, १९ मंसीर । गुल्मीको बडिगाड गाउँपालिका(७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा मुत्यु हुनेको संख्या १५ पुगेको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधवार शव फेला परेको छ । कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला परेका हो । उक्त दुर्घटनामा परि १४ जनाको घटनास्थलमै मुत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया