पाँच जनाको मृत्यु भएपछि ज्वालाको आयो शोक बक्तव्य

 

तुलसीपुर, १८ मंसिर

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पोखरामा उएटै गाउँका पाँच जनाको ज्यान जानेगरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  पोखरामा निर्माणको कार्य गर्दै गर्दा ढिस्कोले पुरिएर सल्यानको बागचौर नगरपालिका –४ पेदीखोलाका एकै गाउँका ५ जनाको ज्यान गएको दुःखद खबरले अत्यन्त दुःखी एवं मर्माहत भएको छु  मन्त्री ज्वालाद्धार बुधबार जारी शोक बक्तव्यमा भनिएको छ । अकालमै ज्यान गुमाएका जितबहादुर बस्नेत, गणेश वली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दुछु  बक्तव्यमा भनिएको छ ।

कर्णाली प्रदेश सरकार र जनप्रतिनिधिको नाताले आफुले सबै खालको सहयोग गर्न प्रतिवद्ध रहेको बताउदै पिडितको सहयोगका लागि सम्बन्धित निकाय, स्थानीय तह, विभिन्न संघसंस्था र व्यक्तिहरुमा समेत मन्त्री ज्वालाले शोक बक्तव्य मार्फत आग्रह गरेका छन् । गएको मंसिर १५ गते पोखरा महानगरपालिका –२० स्थित मौजामा सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुर्दा उनिहरुको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया