प्रदेश सभा सदस्य वलीद्धारा सपथ ग्रहण

तुलसीपुर, १८ मंसिर

प्रदेश सभा सदस्य बिमला वलीले सपथ ग्रहण गरेकी छन् । पाँच नं. प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । वली गएको मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित भएकी थिइन ।सपथ ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै अबको जीवन राजनीतिमा बिताउने बताउदै श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्न सधैं जनतासँगै रहने बताइन ।

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया