लक्ष्मण विश्वकर्मा , तुलसीपुर, १८ मंसीर ।
२८ औ अन्र्तराष्टिय अपाङगता दिवस दाङ सहित देशभर विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा यता तुलसीपुरमा ¥याली तथा कार्यक्रमको आयोजना गरिएको छ । सोही कार्यक्रममा बोल्ने बक्ताहरुले सविधानले अपाङगताको सवालमा थुप्रै व्यवस्था गरे पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको बताएका छन् । राज्यले अपाङगताको हक र अधिकार सुनिश्चित गर्नका लागी थुप्रै व्यवस्था गरे पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
कार्यक्रम हुनु अघि दिगो विकासको लक्ष्य, अपाङगतामैत्री भविस्य भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटबाट सुरु गरीएको ¥यालीले तुलसीपुर बजार परिक्रमा गरी कार्यक्रममा परिणत भएको थियो । अपाङगता भएका व्यक्तिहरुको पनि अन्य सरह बाँच्न पाउने अधिकार भएपनि आफुहरु समाजमा अपामानित र अपहेलित भएर बाँच्नु परेको भन्दै उनीहरुले राज्यले गरेको व्यवस्थाको प्रत्याभुत गर्न नपाएको गुनासो गरेका छन् ।
राज्यले सम्मान पुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुको साथै शिक्षा, स्वास्थ्य,रोजगारी र समावेशी सिद्धान्तको व्यवस्था गरेपनि व्यवहारमा लागु नभएको उनीहरुको भनाई छ ।समाजमा अझै पराम्पराबादी सोच र दृष्टिकोणले गर्दा अपाङगता भएका व्यक्तिहरु प्रति गरिने व्यवहारमा परिवर्तन आउन नसकेको हुदा सामाजिक विभेद अन्त्य हुन नसकेको उनीहरुले बताएका थिए । ग्रामिण स्तर सम्म राज्यको पहुँच अझै पुग्न नसकेको बताएका छन् ।
धेरै जसो अपाङगता भएका बालबालिकाहरु शिक्षाबाट बन्चित भएको राष्टिय अपाङग महासंघ प्रदेश पाँचका सल्लाहकार प्रतिमा शर्माले बताएकी छिन् । राज्यले अपाङगता बालबालिकाहरुलाई अनिवार्य शिक्षाको व्यवस्था गरे पनि ती बालबालिकाहरुको विद्यालय भर्नादरमा न्युन रहेको उनले बताएकी छिन् ।शिक्षाको लागी उचित व्यवस्थापन र भौतिक संरचना नहुदा उनीहरु शिक्षाबाट बन्चित हुनुपरेको उनको भनाई छ ।साथै उनले अपाङगता भएका व्यक्तिहरुको सहि पहिचान हुन नसकेको बताएकी छिन् ।
कार्यक्रममा सहभागी नन्दा परियारले सरकारी कार्यालयका भवन अपाङगतामैत्री नभएको दुखेसो पोखेकी छिन् । हरेक सरकारी सेवा लिन जाँदा भौतिक संरचनाहरु अपाङगतामैत्री नहुदा आफुहरु जस्ता अपाङगता भएका व्यक्तिहरुलाई धेरै समस्या भएको उनको भनाई छ ।
राज्यले अपाङगतामैत्री सेवा, अपाङगतामैत्री भवन लगाएतको व्यवस्था गरे पनि त्यो व्यवहारमा लागु नभएको उनले बताएकी छिन् । यस्तै दृष्टिविहिन कुशल तामाङले कयौ अपाङगता भएका व्यक्तिहरुले रोजगारी र अवसर नपाएर मागी खाने अवस्थामा पुगेको बताएका छन् ।उनीहरुको सिप र क्षमता भएपनि राज्यले अवसर नदिदा कठिनपुर्ण जिवन बिताउन बाध्य भएको भन्दै यसप्रति राज्यले बिशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रिय अपाङगता महासंघ प्रदेश पाँचका सचिव हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सारदा बस्यालले जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुको लागी विशेष कार्यक्रम सन्चालनको तयारी रहेको बताएकी थिईन् । राज्यले सवैको अधिकार सुनिश्चित गरेको भन्दै कसैलाई पनि विभेद नगर्ने उनको भनाई थियो । साथै उनले लक्षित बर्गका लागी प्रदेश सरकारले समुदायमा आधारित पुनस्थापना कार्यक्रमलाई निरन्तरता दिने बताएकी छिन् ।
सो अवसरमा शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरी, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रकास न्यौपाने र तुलसीपुर उपमहानगरपालिका स्तरिय अपाङगता समन्वय समितिका महासचिव देवा डाँगी लगाएतले बोलेका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिईन् । तुलसीपुर उपमहानगरपालिका,राष्ट्रिय अपाङगता महासंघ प्रदेश ५ र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को सयुक्त आयोजना तथा राप्ती बहिरा संघ, अपाङग समाज सुधार, अपाङगता सेवा केन्द्र , दाङ नेत्रहिन संघ लगाएतको गैरसरकारी संस्थाहरुहरुको सहकार्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अपाङगताको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।यस्तैगरी सो अवसरमा नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न खेलमा विजेता भएकाहरुलाई पुरस्कृत गरिएको हो ।