काठमाडौ, १७ मंसीर । न्याय परिषद्ले रिक्त सात जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । उनीहरूलाई मंगलवार नै नियुक्त पनि गरिएको छ । मंगलवार बसेको परिषद्को बैठकले देशभरका अदालतमा कार्यरत रहेका कर्मचारीबाट न्यायाधीश सिफारिस गरेको हो । सर्वोच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि बसेको बैठकले जिल्ला न्यायाधीशमात्र सिफारिस गरेको हो । परिषद्ले गेहेन्द्रराज पन्त,विद्याराज पौडेल,महेन्द्रराज काफ्ले, टेकराज जोशी , इन्दिरा शर्मा ,मनकुमारी जिएम विक र रिता कुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्त समेत गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरुलाई सिफारिस गरेको हो ।
प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार