बंगलाचुलीमा भौतिक विकासले गति लिंदै

जिवन नेपाली, कमिरेचौर,१७ मसीर ।दाङको बंगलाचुली गाउँपालिकामा भौतिक विकास निर्माणका कामलाइ तिब्र गतिमा अघि बढाईएको छ । जस अनुसार अहिले गाउँपालिकाको केन्द्र कमिरेचौरमा १५ शैयाको अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ । यसैगरी गाउँपालिका प्रशासनीक भवन निर्माणको काम, गाउँपालिकाको नं ५,६,७ र ८ वडा कार्यालय भवन निर्माणको काम पनि धमा–धम भईरहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिएका छन् ।
गाउँपालिको १५ शैया अस्पताल भवन र प्रशासनीक भवनको काम नव सृजनशिल निर्माण सेवा प्रा.लि काठमाडौंले गरीरहेको गाउँपालिका प्राविधिक प्रमुख शक्ति सिंह जिसि.ले जानकारी दिएका छन् । उनका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.५ र ६ को वडा कार्यालय भवनको निर्माणको ठेक्का समेत सोही कम्पनीले प्राप्त गरि काम सुरु गरेको छ । अस्पताल ,प्रशासनीक भवन ,र वडा कार्यालय भवन संगै खानेपानि,बहुउद्येशिय सभाहल,खेलकुद मैदान, आधारभूत स्वाथ्य केन्द्र भवन,सडकहरु लगाएतको विकास निर्माणको काम अघी बढिरहेको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिएका छन् । अहिले बंगलाचुली गाउँपालिकाको वडा नं ५,६,७ र ८ कार्यालय भवन निर्माणको काम पनि यसै वर्षमा निमार्ण गरीसक्ने गरी काम भइरहेको छ ।

गाउँपालिको भौतिक विकासका लागि संघिय सरकार,प्रदेश सरकार र स्थानीयतहको गरी तिनवटै तहका सरकारको बजेटीङमा काम भइरहेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिएका छन् ।यसैवीच बंगलाचुली गाउँपालिका वडा नं.३ को बाघखोर कुईजा हुँदै मुलावारी जोड्ने सडक बाटोको पनि एक कार्यक्रमका विच उद्घघाटन गरीएको छ ।बाटोको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले रिबन काटेर उद्घाटन गरेका छन् । १ करोड ८ लाख लागतमा करिव १४ किलोमिटर दुई आर्थीक वषमा निर्माण कार्य सम्पन्न भई सकेपछि उद्घघाटन गरीएको बंगालचुली गाउँपालिका वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया