जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु, मृतकहरुको नाम खुल्यो

तुलसीपुर, १७ मंसीर।
गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् ।  मृत्यु हुनेहरुमा गुल्मी इस्मा गाउँपालिका ५ का गाडि चालक रेशम थापा , सोहिठाउँकि २५ वर्षीय, माया थापा, ४० वर्षीय,  वसुन्धरा कार्की, नवलपरासी वर्दघाटकि झुमा कार्की, बागलुङ बडिगाड कि ५५ वर्षीय लक्ष्मी केसी, इस्मा ५ गुल्मीकि ४० वर्षीयसीता कार्की, सोहि ठाउँकि तुलसी कार्की, ४५ वर्षीय भूमि कार्की, २५ वर्षीय, मीना कार्की , धनबहादुर कार्की , ४० वर्षीय झवि कार्की, रहेका छन ।अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया