नयाँ जिवनमा रमाउदै सुरेस बैरागी (कान्छा)

  • नाम सुरेश बि.क. । जन्म स्थान रोल्पाको साविक नुवागाउँ गाविस वडा नं. ५ राईबाङ । उनी एउटा गरिव परिवारमा जन्मिए । उनको बाल्यकाल राम्रो संग बित्न नपाउदै उनका वुवाले अर्की आमा विवाह गरे । त्यसपछि उनको घरपरिवारमा आमा छोराको विचल्ली हुन थाल्यो । उनको घरको अवस्था सामान्य थियो । वुवाले अर्की आमा विवाह गरेपछि उनका वुवाले आमा छोरा प्रति गर्ने माया, बोली व्यवहारमा परिवर्तन आयो । हाल तुलसीपुर ५ तुलसीपुरमा बस्दै आएका उनले जिवनको संघर्षमय त्यो कहाली  लाग्दो विगतका दिन यसरी सम्झन्छन् …….

म सानै हुदा वुवाले अर्की आमा विवाह गरेपछि मेरो आमालाई साँझ विहान शारीरीक र मानसिक तनाव दिन थाल्नुभयो । दोस्रो विवाह गर्नु अघि वुवाले धामीझाँक्री पेशा गरेर जनतने घरखर्च चलाउदै आएको भएको थियो । त्यस पछि हामी आमा छोरा घरबाट निस्कन बाध्य भयौँ ।
बुवाको अत्याचार सहन नसकेर हामी आमा छोरा २०५८ फागुण २८ गते देखि सल्यान धनबाङ गाबिस वडा ७ कपुरकोटमा कोठा भाडा लिएर बस्न थाल्यौँ । मैले कपुरकोट स्थित कालिका निम्न माध्यमिक बिद्यालयमा कक्षा ३ देखि कक्षा ६ सम्म अध्ययन पुरा गरी कक्षा ७ मा पढ्ने क्रममा मेरो घरको दयनिय अवस्था सम्झेर म पढाई छोडेर भारतमा मजदुरी छ महिना मजदुरी गरेर घर फर्किए उनी त्यो दिन फेरी सम्झदै भन्छन् पढाईलाई महत्व दिएर २०६४ सालमा नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालय किमचौरमा कक्षा ८ मा नाम लेखाएर अध्ययन गदै थिए ।
पढाईको समय बाहेक अन्य फुर्सदको समयमा दुई चार रुपैया कमाउने मेसो गर्दथ्ये उनले भने मेरो आमाले पनि मजदुरी गर्नुहुन्थ्यो त्यसरी हाम्रो आमा छोराको दैनिकी गुजारा चलेकै थियो ।
मैले कक्षा ८ पनि पास गरे त्यस पछि मेरो पढाईलाई स्थगित गर्ने निर्णयमा पुगे । त्यतिबेला कपुरकोट देखि रोल्पा जोड्ने सडक बाटो मर्मतको काम भईरहेको थियो । मैले पनि काम पाएर त्यहि काम गर्न थाले र काम गर्दै जाँदा दाङ तुलसीपुरमा रहेको वाईपी जुध्द एण्ड पुर्ण निर्माण सेवा जे भि (घटाल बाबा) कम्पनीको ट्याक्टर चालक बिकास दाई संग मेरो चिनजान भयो । अनि मैले उहाको सहयोग पाएपछि म सीप सिकेर भविस्यमा आत्मनिर्भर अर्थात ड्राईभर बन्छु भन्ने ठुलो सपना बोके ।
तर त्यो सपना मेरो भविस्यका लागी अन्धकार सावित भयो । उनी त्या कहाली लाग्दो दिन सम्झदै भन्छन् २०६५ बैशाख ११ सोहि कम्पनीको पानी ट्याङकरमा हेलपर गदै जाँदा एक वर्ष पछि चालक अनुमति पत्र (लाईसेन्स) त प्राप्त गरे तर दुर्भाग्यको कुरा लाइसेन्स निकालेको १६ नहुदै २०६६ साल जेठ ११ गतेको दिन मेरो लागी कालो रात सावित भयो ।
राती झन्डै १० बजेको थियो कम्पनीको गाडी पार्किङ गर्ने स्थानको केहि दुरी टाढा फिल्डमा हामी तीन जना सुतेको अवस्थामा एक्कासी मेरो छातीमाथी टिप्परले किचेपछि सोहि रात देखी मेरो जतिपनि सपना र भविस्य चकनाचुर भयो । कम्मर देखी तल तिरको भाग पुरै भाचिँयो ।
त्यसपछि म चिच्चाए कराए म संगै सुतेका साथीहरु कुल बहादुर केसी र वीर बहादुर चौधरीले गाली गरेपछि टिप्पर चालकले गाडी ब्याग गरे त्यतिबेला सम्म म होसमै छु ,सवै थाहा पाउछु ।
त्यतिबेला अञ्चल अस्पताल गुम्ह्राचोक नजिकै थियो । टिप्पर चालकले अब कम्पनीले थाहा पाएपछि मेरो जागिर जान्छ भन्दै थिए तर बिकाश दुलाल दाईले अस्पताल लैजाउँ अस्पताल रिर्पोट र पुुलिस रिपोर्ट लेख्दा घरको छतबाट खसेको भन्ने कागज गराउँला भन्नु भयो उनले भने रिर्पोट तयार नभन्दै सोहि योजना अनुरुप बनाईएको रहेछ ।
त्यसपछि मैले थाहा पाएर उक्त रिर्पोटको विरोध गरेर फेरी सच्याउन लगाए, सच्याईयो पनि । अनि मलाई थप उपचारका लागी कोहलपुर हुदै काठमाडौ टिचिङ हस्पिटलमा उपचार हुदै गर्दा त्यहा पनि विभिन्न षड्यन्त बनाएर गलत रिर्पोट तयार गरिएछ । जुन रिर्पोट कम्पनी र कम्पनी मालिकलाई धेरै फाईदा पुग्ने बनाईएछ ।
यद्यपी मैले उक्त षड्यन्त बुझेर आवाज उठाउदा पनि अन्तत मलाई अनेकौ भनेर फिजियो थेरापीका लागी काभ्रे साँगामा रहेको स्पाइनल कट ईन्जुरी पुनस्र्थापना केन्द्रमा जेठ २१ गते त्यहा लगीयो ।
त्यहा मेरो ४ महिना उपचार हुदा पनि सुधार नआएपछि २०६६ असोज ३० गते कम्पनीका मालिकले मलाई आफनै कम्पनीमा आमाछोरालाई खानाबस्न सम्पुर्णको बन्दोबस्त्र गर्ने सर्तमा उक्त घटना कसैलाई नभन्नु भन्दै दाङ ल्याउनु भयो उनले भने ।
तर जुन सहमति भएको थियो त्यो अनुसारको कुनै सुविधा भएन ,व्यवहारमा लागु नभएपछि पुन हामीले आवाज उठायौँ । तर के गर्ने हाम्रो लागी बोलिदिने,सहयोग गर्ने र सहारा दिने कोहि नभएपछि हामीले झनै दुख पायौँ उनले भने विस्तारै मेरो घाउँमा समस्या आएपछि फेरी त्यतिबेलाको राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचार गरेपछि केहि निको भयो ।
टिप्पर चालक तुलसीपुर ६ का हरि बहादुर सार्कीलाई २०६७ माघमा प्रहरीले पक्राउ गरे पनि हामीलाई साथ दिने कोहि नभएपछि त्यहा पनि अनेकौ बाहाना बनाएर हामीलाई झुक्याएर मुद्धा कमजोर बनाईयो । त्यसपछि मैले सवै संग सहयोग मागे । २०७० सालमा विभिन्न संघसंस्था, अधिकारकर्मी, पत्रकार लगाएतको पहलमा मेरो घटनाको बास्तविक बारे पत्रकार सम्मेलन गरियो तर कुनै सन्चार माध्यमले प्रशारण र प्रकाशन गरेनन् उनले गुनासो पोखे ।
अनि मैले मेरो समस्या सिडियो सम्म पनि राखे केहि सुनुवाई भयो र मैले केहि राहात पनि पाए । यद्यपी म अहिले अपाङगता भएर पनि बाँचेको छु । यहा सम्म आईपुग्नु सवै भन्दा धेरै मेरो आमाको साथ सहयोग ,माया पाएको छु ।तर अपाङगता भएर बाच्नु नपरोस् । हुनत कसले यस्तो कल्पना गरेको हुन्छन् । मानिसको जिवन एउटा फुल हो । सयम आएपछि आफै आईलाउछ् वा झर्छ हो यस्तै भएको छ मेरो जिवनमा ।

भोको पेट पाल्दै छु ।
म जन्म पश्चात अपाङगता भएर बाँचे पनि केहि सहयोगी मन अर्थात दयालु स्वभावका व्यक्तित्वहरुका कारणले गर्दा अहिले मेरो शरीर यस्तो भएपनि दुई चार रुपैया कमाएर पेट पाल्ने गरेको छु । यसमा सवै भन्दा वढि देन तत्कालिन राप्ती अञ्चल अस्पताल तुलसीपुरका त्यतिबेलाका सुपरिटेन्डेन्ट डाक्टर भोलाराम श्रेष्ठको हात छ । म २०७२ सालमा उपचार गराउन गएको अवस्थामा उहाले मलाई उपचारमा सहयोग गर्नुको साथै मेरो दयनिय अवस्था थाहा पाएपछि अस्पतालमा काम गर्ने अवसर दिनु भएको छ । त्यसैले म उहालाई धेरै धन्यवाद दिन चाहान्छु ।
अस्पतालले मेरो स्वास्थ्यमा पटकपटक समस्या आउँदा मलाई सघाउने र बिदा मिलाएर सहयोग गर्ने गरेको उनको भनाई छ । त्यस्तैगरी उनले अस्पतालका प्रमुखहरु डाक्टर विनोद सिंह , प्रादेशिक अस्पताल तुलसीपुर दाङका सुपरिटेन्डेन्ट डाक्टर सर्वेश शर्माले सहयोग गरेको समेत बताएका छन् ।अहिले सवैको माया र साथले गर्दा आफुले दैनिक गुजरा चलाईरहेको उनको भनाई छ । त्यस्तैगरी सरकारले दिएको अपाङगता मासीक भत्ताले मलाई जम्न दिने मेरो आमा र मेरो दैनिकी चलाउन सहज भएको छ ।खेलकुद र साहित्य क्षेत्रमा रुची राख्ने उनले विभिन्न खेलकुद प्रतियोगितामा सहभागि भएका छने भने अपाङ समवन्धी सामाजिक संघसंस्था आबद्ध भएर अपाङगताहरुको सवालमा वकालत गर्ने गरेका छन् ।
राज्यले अवसर दिनुप¥यो
आफु जस्ता अपाङगता भएका जिवन जिउने धेरै भएकाले राज्यले उनीहरुको क्षमता अनुसार रोजगारी र अवसर दिनु पर्ने उनले बताएका छन् ।मलाई त अस्पतालले अवसर दियो म खुशी छु तर म जस्ता कयौँ साथीहरु छट्पटाई रहनु भएको छ यसमा राज्यले ध्यान दिनु पर्दछ । राज्यले हामी जस्ता साहारा विहिनलाई अवसर दिएमा दैनिक जिवन चलाउन धेरै सहज हुने थियो ।अपाङगता भएर बाँच्नुमा कति पिडा छ त्यो त पिडितलाई मात्र थाहा हुन्छ उनले भने यसमा स्थानिय तह,प्रदेश सरकार र संघिय सरकारले बिशेष निति बनाउन जरुरी छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया