
तुलसीपुर,१६ मंसिर
दाङ क्षेत्र नं ३(ख) मा कम्युनष्टि पार्टी नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए लगत्तै गाउँगाउँ पुग्नुभएकी विमला वलीलाई मतदाताले भव्य स्वागत गरेका छन् । विजयपछि निकालीएको ¥यालीका क्रममा गाउँ–गाउँ पुग्नुभएकी निर्वाचित प्रदेश सभा सदस्य वलीलाई त्यहाँका मतदाताले फुलमाला र अबिरले भव्य स्वागत गरेका हुन् । तुलसीपुर स्थित नेकपाको पार्टी कार्यालयबाट शुरु भएको ¥याली तुलसीपुर उपमहानगरपालिका–२ को बालापुर, १ को भ्युडर सुनपुर, शान्तिनगर गाउँपालिकाका विभिन्न वडा र दंगीशरण गाउँपालिकाका सलौरा, मौली, सुकदेवा, बैबाङ लगाएतका स्थानमा सदस्य वली पुग्नु भएको थियो । ¥यालीमा सयौं कार्यक्रता, शुभचिन्तकको सहभागिता रहेको थियो ।
गएको फागुन १० गते सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य उत्तर कुमार वलीको निधन भएपछि रिक्त रहेको उक्त स्थानमा स्वर्गीय उत्तर कुमार वलीकी पत्नी विमला वली विजयी भएपछि पश्चिम दाङवासीले पुनः एक पटक उत्तर कुमार वलीको सम्झनाको अनुभूति गरेको निर्वाचन प्रचार प्रसार समितिका उप संयोजक आजाद खड्काले बताउनुभयो । प्रदेश सभा सदस्य वली सहितको विजयी उत्वसको ¥याली पुग्न नसकेको ठाउँमा भोली पुग्ने कार्यतालीका रहेको उपसंयोजक खड्काले बताउनुभयो । बिमला वलीको जीत नै पश्चिम दाङका सबै महिलाको जित भएको बताउदै मतदाताले पश्चिम दाङको विकास र महिला अधिकारका क्षेत्रमा डटेर पैरवी गर्न आग्रह गरेका थिए ।
मंसिर १४ गते भएको उप निर्वाचनको आइतबार राति सम्पन्न मत गणनामा वलीले ५ हजार १ सय ४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै निर्वा्चित हुनुभएको थियो । उहाँले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशवराज आचार्यले १९ हजार १ सय ८२ मत ल्याउनुभएको थियो । कुल ६८ हजार ७ सय १९ मतदाता रहेको उक्त क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । दुई स्वतन्त्र सहित १४ जनाले प्रदेश सभामा उमेदवारी दिएका थिए ।