प्रेस संगठन दाङमा एकता टुंगियो

 

घोराही,१५ मंसिर

प्रेस संगठन दाङको एकता प्रक्रिया टुंगोमा पुगेको छ । आज बसेको प्रेस संगठन दाङको कार्यदल बैठकले दुबै पूर्व घटकहरु मिलाएर एकता टुंगाएको हो । जसअनुसार प्रेस संगठन दाङको कार्यसमिति ३९ सदस्यीय बनेको छ ।

संगठनमा पूर्व प्रेस चौतारीबाट २१ र पूर्व प्रेस संगठनबाट १८ गरी ३९ सदस्यीय कार्यसमिति बनेको हो । प्रेस संगठनको संयोजकमा प्रकाश चौधरी र सह–संयोजकमा जेएन सागर रहनुभएको छ ।

संगठनको कार्यसमितिमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोख्रेल, दशरथ घिमिरे, जनक नेपाली, केशरमान विसी, सुधासुमन ढकाल, नविन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय विसी, युगराज पोख्रेल, दीपक बोहोरा, गिरीराज नेपाली, राजेश चौधरी, शान्त बुढा मगर, शिवराज पन्थी, रमा पोख्रेल, बसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकाश डाँगी, भागबत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र शैलेस अधिकारी रहनुभएको छ ।

संगठनका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा बोल्दै प्रमुख अतिथि संगठनका प्रदेश संयोजक सविन प्रियासनले संगठनलाई भावनात्मकरुपमा एकता बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । विशिष्ट अतिथि केन्द्रीय सदस्य टिका बस्नेतले प्रेस संगठनलाई दाङमा नयाँ उचाईका साथ एक भएर काम गर्न आग्रह गर्नुभयो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया