कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु

पोखरा, १५ मंसीर । पोखरा महानगरपालिका २० को मौजामा माटोको ढिस्कोले पुरिएर ५ जनाको मुत्यु भएको छ । मुत्यु हुने सबै सल्यानको एकै गाउँका हुन् ।पोखरा महानगरपालिका २० का वडाध्यक्ष सीम गुरुङले महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान मुत्यु भएको बताएका छन् । मुत्यु हुनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएको बताईएको छ । सुरुमा ३ जनाको मृत्यु भएकोमा थप २ घाइतेको पनि मृत्यु भएपछि मुत्यु हुनेको संख्या पाँच पुगेको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया