
तुलसीपुर, १५ मंसीर । ३२ औ विश्व एड्स दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईँदैछ । दिवसको अवसरमा यता तुलसीपुरमा प्रभातफेरी ¥यालीको आयोजना गरिएको छ ।तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन महाशाखा कार्यालयको आयोजनामा तुलसीपुर बजार क्षेत्रमा कण्डमको प्रयोग गरौ, एचआई भि एड्सबाट बचौ र बचाउँ,एचआईभी एड्स संक्रमित व्यक्तिहरुलाई सम्मान गरौ जस्ता लेखीएका प्ले कार्ड सहित तुलसीपुरको गुम्राहाचोक देखी सुरु भएको प्रभातफेरी ¥यालीले बजार क्षेत्र, राप्ती प्रादेशिक अस्पताल र बसपार्क हुदै तुलसीपुर उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्वोधन गदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले एचआईभी संक्रमणबाट बच्नका लागी जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन् । उनले उक्त रोगो संक्रमणबाटै स्वंयम व्यक्तिले सावधानी अपाउनु पर्ने बताएका छन् ।साथै उनले एचआईभी संक्रमित व्यक्तिहरु खुलेर आएमा उपमहानगरले सम्मान पुर्वक रोजगार र अवसर दिने बताएका छन् । स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर ओम प्रकाश न्यौपानले कार्यक्रमको बारेमा प्रकाश पारो थिए ।
कोणसभाको सहजीकरण महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए । ¥यालीमा राप्ती राईफ केयर हस्पिटल, सि.एम.ए तालिम केन्द्र,नर्सिङ कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।नेपालमा एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो ।विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यू भएका सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन समेत गरिन्छ ।
एक जना संक्रमित भेटिए
दिवसका अवसरमा तुलसीपुरमा आईतवार आयोजना गरिएको प्रभातफेरी तथा अन्र्तक्रिया कार्यक्रममा एक जना एचआईभी संक्रमित फेला परेका छन् ।जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार संक्रमित व्यक्ति महिला हुन् ।