दाङ सहित चितवनको तिन वटा वडामा काग्रेस विजयी

दाङ,१५ मंसीर । घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा शनिवार भएको मतदानमा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डिसी विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुुन् । कांग्रेसका उम्मेदवार डीसीले १ हजार २ सय २२ मत ल्याएका थिए भने नेकपाका उम्मेदवार केसीले १ हजार १सय १७ मत,स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत प्राप्त गरेका छन् । त्यस्तै गरि संघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए ।

चितवनमा तिन वटा वडाका काग्रेस विजयी
चितवनका तीनवटा वडामा भएको उपनिर्वाचनमा काग्रेस विजयी भएको छ । यसअघि त्यस क्षेत्रमा तत्कालिन एमालेले एक्लैले जित निकालेको वडा हो । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४, वडा नम्वर ५ र भरतपुर महानगरपालिका वडा नम्वर १६ मा वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन् । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतले पराजित गरेका थिए । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई पराजित गरेकी हुन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया