प्युठान २ मा नेकपाका पोख्रेल विजयी

दाङ, १५ मंसीर । प्युठान नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदका लागी शनिवार सम्पन्न भएको मतदानमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ ।
उनका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याएका थिए । त्यहा प्युठान नगरपालिका वडा नम्वर २ र ऐरावती गाउँपालिका वडा नम्वर १ र २ मा वडा अध्यक्ष चुन्नका लागी मतदान भएको थियो । तिन वटा वडामा भएको मतदानमा ६१.५ प्रतिशत मत खसेको छ । कार्यालयका अनुसार ८ हजार ५ सय ८६ मतदाता रहेकोमा ५ हजार १ सय ३३ मत खसेको छ जिल्ला निर्वाचन अधिकारी कृष्ण कुंवरले जानकारी दिएका छन् ।
प्युठान नगरपालिका वडा नम्वर २ का खिम बहादुर विष्टको निधन भएपछि रिक्त पदका लागी मतदान भएको हो । सोहि जिल्लाको ऐरावती गाउँपालिका वडा नम्वर १ र २ का वडा अध्यक्षहरु जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख भएपछि दुवै वडा अध्यक्ष पद रिक्त रहेको पदका लागी मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ ।एरोवती १ र २ को मतगणना आईतवार विहान देखी सुरु हुने जनाईएको छ । वडा नम्वर एक वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख बनेका छन् भने वडा नम्वर दुईका वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समिति प्युठानको प्रमुख बनेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया