*आलोक यादव
सिरहा मंसिर १४ गते । सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट सात जना थुनुवा फरार भएका छन् । दिउँसो खाना खुवाउने बेलामा थुनुवा सटर तोडेर फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार दिउँसो खाना खुवाउने बेलामा ११ जना विभिन्न मुद्दाका थुनुवा फरार भएका थिए । जसमा फरार लगत्तै ४ जनालाई विभिन्न ठाँउ बाट पक्राउ गर्न सफल भएको हो । थुनुवा बाट उनिहरु भागेको खबर पाएलगत्तै सिरहा प्रहरी एक्सनमा आएको र सिरहा सहित विभिन्न सडक , बोडरमा सुरक्षा ब्यवस्था कडा पारिएको एसपी चतुर्बेदीले जानकारी दिए । अन्य फरारको खोजी तिब्र गतिमा भइरहेको उनले बताए ।
शनिबार भइरहेको उपनिर्वाचनमा प्रहरी जनशक्ति खटिएका थिए । त्यही मौका छोपी थुनुवा फरार भएका छन् ।
प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार